टि–२० सिरिजः जिम्बाबे र आयरल्याण्ड भिड्दै (LIVE)

काठमाडौं, असार २९ । आयरल्याण्ड विरुद्धको टि–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा जिम्बाबेले शानदार सुरुवात गरेको छ । टस जितेर बलिङ रोजेको जिम्बाबेले पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएको छ ।

उसले पहिलो ओभरको पहिलो बलमै आयरल्याण्डका बिस्फोटक ब्याट्सम्यान पउल स्टर्लिङलाई शून्य रनमा आउट गर्न सफल भयो । उनलाई शेन विलियम्सले आउट गरेका हुन् । सिरिजमा आयरल्याण्ड १–० ले अग्रता बनाएको छ । एक खेल वर्षाकाको कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्