फाइनलमा रुटको पनि चलेन ब्याट, न्यूजिल्याण्डलाई दोस्रो सफलता

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा जो रुटलाई ७ रनमा गुमाएको हो । उनलाई कोलिन डी ग्राण्डहोमले आउट गरे ।

यसअघि इंग्ल्याण्डले पहिलो विकेटकारुपमा उसले ५.४ ओभरमा जोसन रोयलाई १७ रनमा गुमाउन पुग्यो । उनलाई म्याट हेनरीले आउट गराए । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर ६० रन बनाएको छ ।  टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

उसका लागि हेनरी निकोल्सले ५५, टप लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम प्लेइङकट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्