Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोमाञ्चक बन्दै विश्वकप फाइनल, इंग्ल्याण्डलाई तेस्रो झड्का (अपडेट)

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले तेस्रो विकेट गुमाएको छ । इंग्ल्याण्डले तेस्रो विकेटकारुपमा १९.३ ओभरको अवस्थामा ओपनर जोनी बेरिस्टोलाई ३६ रनमा गुमाएको हो । उनलाई लकी फर्गुसनले आउट गरेका हुन् ।

यसअघि इंग्लिश टिमले दोस्रो विकेटका रुपमा जो रुटलाई ७ रनमा गुमायो । उनलाई कोलिन डी ग्राण्डहोमले आउट गरे । पहिलो विकेटका रुपमा इंग्ल्याण्डले ५.४ ओभरमा जोसन रोयलाई १७ रनमा गुमाउन पुग्यो । उनलाई म्याट हेनरीले आउट गराए । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले २०.१ ओभरमा ३ विकेट गुमाएर ७४ रन बनाएको छ ।  टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

उसका लागि हेनरी निकोल्सले ५५, टप लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम प्लेइङकट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः कोलिन मुनरो, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: