इंग्ल्याण्डलाई लगातार झड्का, कप्तान मोर्गन ९ रनमा आउट (अपडेट)

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले चौथो विकेट गुमाएको छ । इंग्ल्याण्डले चौथो विकेटकारुपमा २३.१ ओभरमा कप्तान इओन मोर्गनलाई ९ रनमा गुमाएको हो । उनलाई जिमी नीशमले आउट गरेका हुन् । यसअघि इंग्ल्याण्डले तेस्रो विकेटका रुपमा जोनी बेरिस्टोलाई ३६ रन गुमाउन पुग्यो । उनलाई लकी फर्गुसनले आउट गरे ।

यस्तै इंग्लिश टिमले दोस्रो विकेटका रुपमा जो रुटलाई ७ रनमा गुमायो । उनलाई कोलिन डी ग्राण्डहोमले आउट गर्न सफल भए । पहिलो विकेटकारुपमा इंग्ल्याण्डले ५.४ ओभरमा जोसन रोयलाई १७ रनमा गुमाउन पुग्यो । उनलाई म्याट हेनरीले आउट गराए । यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले २६ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ९८ रन बनाएको छ । यसअघि टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

याे पनि पढ्नुस  विश्वकप फाइनलः न्यूजिल्याण्डलाई पाँचौ झड्का, नीशम १९ रनमा आउट

उसका लागि हेनरी निकोल्सले ५५, टप लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम प्लेइङकट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः द. अफ्रिकाविरुद्ध कप्तान मोर्गनको अर्धशतक

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डलाई दोस्रो झड्का, कप्तान विलियम्सन ३० रनमा आउट

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः हेनरी निकोल्स, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

कमेन्ट गर्नुहोस्