विश्वकप फाइनलः न्यूजिल्याण्डविरुद्ध बटलरको अर्धशतक पूरा

काठमाडौं, असार २९ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्डका विकेटकीपर तथा ब्याट्सम्यान जोस बटलरले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ५३ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बटलरको यो दोस्रो अर्धशतक हो । साथै उनले यही विश्वकपमा पाकिस्तानविरुद्ध शतकसमेत बनाएका थिए ।

स्टोक्सको पाँचौ अर्धशतक
न्यूजिल्याण्डविरुद्ध पनि इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले अर्धशतक पूरा गरेका छन् । उनले ३ चौकाको मद्दतमा ८१ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा स्टोक्सको यो पाँचौ अर्धशतक हो ।

९० रन नबनाउँदै ४ विकेट पतन
फाइनलमा इंग्ल्याण्डले ९० रन नबनाउँदै महत्वपूर्ण ४ विकेट गुमायो । इंग्ल्याण्डले चौथो विकेटकारुपमा २३.१ ओभरमा कप्तान इओन मोर्गनलाई ९ रनमा गुमाएको हो । उनलाई जिमी नीशमले आउट गरेका हुन् । यसअघि इंग्ल्याण्डले तेस्रो विकेटका रुपमा जोनी बेरिस्टोलाई ३६ रन गुमाउन पुग्यो । उनलाई लकी फर्गुसनले आउट गरे ।

याे पनि पढ्नुस  इंग्ल्याण्डलाई पहिलो झड्का, ६० रन बनाएर आउट भए रोय

यस्तै इंग्लिश टिमले दोस्रो विकेटका रुपमा जो रुटलाई ७ रनमा गुमायो । उनलाई कोलिन डी ग्राण्डहोमले आउट गर्न सफल भए । पहिलो विकेटकारुपमा इंग्ल्याण्डले ५।४ ओभरमा जोसन रोयलाई १७ रनमा गुमाउन पुग्यो । उनलाई म्याट हेनरीले आउट गराए । यसअघि टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

याे पनि पढ्नुस  रोमाञ्चक बन्दै विश्वकप फाइनल, इंग्ल्याण्डलाई तेस्रो झड्का (अपडेट)

उसका लागि हेनरी निकोल्सले ५५, टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम प्लेइङकट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डलाई पहिलो सफलता, रोय १७ रनमा आउट

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः हेनरी निकोल्स, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

कमेन्ट गर्नुहोस्