सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले जित्यो पहिलो पटक विश्वकपको उपाधि

काठमाडौं, असार २९ । सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले आइसीसी एकदिवसीय विश्वकप क्रिकट २०१९ को उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १६ रननै बनाएपछि बाउन्ड्री प्रहारका कारण इंग्ल्याण्डले उपाधि जितेको हो । इंग्ल्यान्डले दिएको १६ रनको लक्ष्य पछ्याउन मार्टिन गुप्टिल र जिमी निशम ब्याटिङमा आएका थिए । बलिङका लागि जोफ्रा आर्चर आएका थिए ।

यसअघि अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन चाहिएको थियो । तर उसले अन्तिम ओभरमा १४ रन मात्र बनाउन सक्यो । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४१ रन बनायो । उसका लागि बेन स्टोक्सले २ छक्का र ५ चौकाको मद्दतमा ९८ बलमा ८४ रन बनाए ।

इंग्ल्याण्डका लागि जोस बटलरले ५९, जोनी बरिस्टोले ३६, जोसन रोयले १७, लायम प्लेइङकटले १०, जो रुटले ७, कप्तान इओन मोर्गनले ९ रनको योगदान दिए । बलिङमा न्यूजिल्याण्डका जिमी नीशम, लोकी फर्गुसनले ३–३, म्याट हेनरी र कोलिन डी ग्राण्डहोमले एक–एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

उसका लागि हेनरी निकोल्सले ५५, टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम  लायम प्लंकेट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः कोलिन मुनरो, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

कमेन्ट गर्नुहोस्