दूतावासले भिजिट भिसाको सिफारिस रोकेपछि चर्को आलोचना,दलाललाई बाटो खोल्दिएको आरोप

युएई,असार ३०।युएई स्थित नेपाली दूतावासले भिजिट भिसामा आफन्त ल्याउन आवश्यक पर्ने सिफारिस पत्र
एनओसी बन्द गरेको बताएको छ ।

आइतबार एक सूचना जारी गर्दै दूतावासले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीले भिजिट भिसामा आफ्ना आफन्त बुबा,आमा श्रीमान,श्रीमती तथा छोराछोरी लाई ल्याउन आवश्यक पर्ने सिफारिस पत्र (एनओसी)सोमबार बाट जारी नगरिने बताएको छ ।

सरकारले लामो समयदेखि युएईको भिजिट भिसामा प्रतिबन्ध लगाएको भए पनि युएईमा कार्यरत नेपालीले दूतावासको सिफारिसमा आफ्ना आफन्त ल्याउन सकिने ब्यबस्था थियोे ।

दूतावासको निर्णय प्रति चौतर्फी आलोचना

दूतावासले आइतबार जारी गरेको सूचना प्रति युएईमा कार्यरत नेपालीहरुले भने चर्को आलोचना व्यक्त गरेका छन् ।
सरकारले नेपाल बाट भिजिट भिसा बन्द गर्दा उसै समस्या भोगिरहेका नेपालीले दूतावासले जारी गर्ने सिफारिस पत्र समेत बन्द गरेको प्रति युएईमा कार्यरत धेरै नेपाली हरुले असन्तुष्टि व्यक्त गर्दै दूतावासले दलाल मोटाउने खेल खेलेको आरोप लगाएका छन् ।

दूतावासको सूचना बारे मेघराज सापकोटा लेख्छन् ।

भ्रस्ट दलालहरुलाई अवसर ! बदमासी कर्मचारीको, कारबाही जनतालाई ! घुस लिएर NOC जारी गर्ने कर्मचारीलाई कारबाही गर । एक बर्ष यता जारी NOC छानबीन गर । जनस्तरबाट यो निर्णयको बिरोध गरौँ । फिर्ता गर्न दबाब दिऔँ ।

सोही बिषयमा सन्तोष खडेरीको प्रश्न यस्तो छ ।

नेपाली दूतावास युएईले कुन प्रयोजनका लागि के का आधारमा No Objection Certificate(NOC) यस अघि जारी गर्दथ्यो। त्यसले कुन कुन आधारमा के के लाभ वा हानी के गरेको थियो र फेरि आखिर किन कुन आधारमा नदिने निर्णय गरियो त्यसको औचित्य पुष्टि गर्नुपर्छ कि पर्दैन?
मुलुकको यो राज्यसंरचना यस्तै किसिमका लहडी निर्णय बाट हचुवाका भरमा गरिने प्रतिबन्ध र निषेध बाट माथी उठेर सहजीकरणको बाटोमा कहिले अगाडी बढ्ने हो ?

यस्तो छ हरि नेपालीको सुझाव 

गलत उदेश्यबाट जारी गरिएको सम्पुर्ण NOC छानबिन गरि दोषी उपर कडा कारबाही होस् । यो निर्णय पुनर्विचार गरियोस् । नेपाली जनता अझै ठगिने र दलाल मोटो बनाउने काम दुताबासले नगरोस् ।

दूतावासले लामो समय देखि दिदै आएको सिफारिस प्रक्रिया एक्कासि बन्द गर्ने निर्णय गरेपछि धेरै नेपालीले दूतावासका कर्मचारीले सिफारिस बितरणका क्रममा आर्थिक हिनामिना गरेको र त्यसलाई लुकाउन बन्द गरेको आरोप समेत लगाएका छन् ।

 

कमेन्ट गर्नुहोस्