काभ्रे सम्पर्क मञ्चका सचिव चौलागाईं २४ घन्टा प्रहरी नियन्त्रणमा

काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे काठमाडौं जनगणतान्त्रिक सम्पर्क मंचका सचिव नकुल चौलागाईंलाई काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको छ ।

आइतबार करिब ११ बजे काभ्रे कोसिपारीबाट काठमाडौं जाँदै गर्दा धुलिखेलमा चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिईएको हो । चेकजाँचका क्रममा डायरी भेटिएको र विप्लवको विचार समर्थन गरेकै आधारमा गिरफ्तार गरेर जिल्ला प्रहरी धुलिखेलमा लगिएको चौलागाईंले बताए ।

काभ्रे निवासी चौलागाई काठमाडौं काभ्रे सम्पर्क मंचमा सक्रिय युवा हुन । उनलाइ करिब २४ घन्टा सोधपुछको लागि नियन्त्रणमा लिइ सकुशल छोडेको छ ।

कमेन्ट गर्नुहोस्