यस्तो छ छवि–शिल्पा घरझगडाको वास्तविक रहस्य (भिडियोसहित)

काठमाडौं, असार ३० । चलचित्र ‘बाघ’ निर्माताको ‘छवि’ बनाएका निर्माता छवि ओझाको छवि यतिबेला धमिलिन पुगेको छ ।

निर्माता ओझाको ‘छवि’ चलचित्रसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटकपटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो बिहे पनि यतिबेला संकटमा परेको छ । अभिनेत्री समेत रहेकी शिल्पा पोखरेलसँग करिब ३ वर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ । केही दिनअघि नायिका तथा छविकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शिल्पाले प्रहरीमा श्रीमान छविबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो ।

यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागजसमेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भएपनि छवि र शिल्पा यतिबेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् । आइतबार उनीहरुको वैवाहिक जीवनको ३ वर्षे वर्षगाँठ समेत थियो । तैपनि उनीहरुले सँगै वैवाहिक वर्षगाँठ मनाउन पाएनन् ।

सुत्र टिभीको टिम छविको कार्यालयमा पुग्दा उनी एक्लै टोलाएर बसेका थिए । उनीमा कुनै उमंग देखिएको थिएन । देखियोस् पनि कसरी ? जीवनसँगै बिताउने भनेर भित्र्याएकी जीवन संगिनी वैवाहिक वर्षगाँठकै दिन उनीसँग थिईनन् । कुरा गर्दै जाने क्रममा छविले भावुक हुँदै आफ्ना ३ वटै वैवाहिक जीवनका सुरुवात तथा समाप्तिको केस्रा केस्रा केलाए ।

उनी वास्तवमा यसअघिका कुनै श्रीमती तथा अहिले उनलाई नै उजुरी गरेर अलग बस्दै आएकी शिल्पाको बारेमा कुनै नकारात्मक देखिएनन् । उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुवैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तोसुकै त्याग गर्नपनि आफू तयार रहेको सन्देश समेत पठाए ।

छविले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन बिताउने सोचमा रहेको बताए । तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेकोमा भने उनले निकै दुःख व्यक्त गरे ।

यस्तो छ छवि–शिल्पा घरझगडाको वास्तविक रहस्य-

कमेन्ट गर्नुहोस्