एनआरएनए नाइजेरियाको ७औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा थापा निर्वाचित

लेगोस, नाइजेरिया, असार ३० । गैर आवासीय नेपाली संघको सोमबार नाइजेरियाको लेगोसमा सम्पन्न ७औं वार्षिक साधारणसभाले सन २०१९–०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्य समितिको गठन गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष हिक्मत थापाले सन् २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गरे ।

याे पनि पढ्नुस  डा.गोविन्द केसीविरुद्ध अनशन बस्ने थापा भन्छन्, ‘केसीमाथि छानविन हुनुपर्छ’

त्यसैगरी साधारणसभामा आईसिसी महिला उप–संयोजक मन थापा, आईसीसी सदस्य चिरञ्जिवी रोका, पूर्व अफ्रिका उप–संयोजक विदूर घिमिरे, उपाध्यक्ष वीरेन्द्र गुप्ताले मन्तव्य व्यक्त गरेका थिए भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए । साधारणसभाले सन् २०१९–०२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा वीरेन्द्र गुप्ता, उर्मिला रोका, सुशील गिरी महासचिवमा अभिषेकमान सिंह, सचिवमा रोहित भाङ्गर, सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता, सह–कोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, विष्णु गिरी र लक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

याे पनि पढ्नुस  अमेरिकामा भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त, कार्की अक्टोबरमा आयरल्याण्ड जाने तयारीमा

कार्यसमितिको महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निर्वाचित भएका छन् । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा, चिरञ्जिवी रोका, विदुर घिमिरे, संजय थापा र शंकर बर्मा चयन भएका छन् । साधारणसभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नं.५ मा संचालन गर्ने र नेपाली साँस्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्