आफ्नै देशका बेन स्टोक्सका कारण हार्यो न्यूजिल्याण्ड, यस्तो छ स्टोक्सबारे नयाँ खुलासा

काठमाडौं, असार ३० । यतिखेर विश्वभरी नै आइसिसी विश्वकप क्रिकेटको चर्चा चुलिएको छ । चर्चाको शिखरमा सुपर ओभर रहेको छ । यो त्यही सुपर ओभर हो, जहाँ न्यूजिल्याण्डले चार अतिरिक्त दिएका कारण इंग्ल्याण्डले विश्वकप जित्ने मौका पायो ।

इंग्ल्याण्डका बेन स्टोक्सको ब्याटमा गुप्टिलको थ्रो बल लाग्दा चार बाउण्ड्री हुनु न्यूजिल्याण्ड हार्नुको मुख्य कारण थियो । तर अचम्मको तथ्य त के भने जुन स्टोक्स न्यूजिल्याण्डको हारको कारण बने, उनी आफै न्यूजिल्याण्डमा जन्मेको नयाँ खुलासा भएको छ ।

विश्वविजेता टीमका खेलाडी बेन स्टोक्सको जन्म न्यूजिल्याण्डको क्राइस्ट चर्चमा भएको थियो । उनका आमाबुवा अहिले पनि न्यूजिल्याण्डमा नै बस्छन् । उनीहरु त्यहीँका नागरिक हुन् । यो फिल्मी जस्तो लाग्ने कथाको शुरुआत स्टोक्स १२ वर्षको हुँदा भएको थियो । स्टोक्सका बुवा न्यूजिल्याण्डको तर्फबाट अन्तर्राष्ट्रिय रग्बी खेलाडी रहेका थिए ।

उनका बुवा जेरार्ड वर्किंग्टन टाउन रग्बी लिग क्लबको कोचका रुपमा नियुक्त भएपछि उनी पनि बेलायत जान पुगे । कोचको जिम्मेवारी निर्वाह गर्न बेलायत जाँदा स्टोक्स १२ वर्षका थिए । उनी क्रिकेट खेल्नका लागि उत्तरी बेलायततर्फ लागे । स्टोक्सले १५ वर्षको उमेरमा सन् २००६ मा नर्थन लंकाशायर एण्ड कमबेरिया क्रिकेट लिग प्रिमियर लिग डिभिजनको उपाधि पनि जिते ।

२५ अगस्ट २०११ का दिन उनले इंग्ल्याण्डका लागि आयरल्याण्डविरुद्ध डेब्यू गरे । सन् २०१३ मा उनको डेब्यू अष्ट्रेलियाविरुद्ध भयो । उनका बुवा कोचको अवधि सकिएपछि न्यूजिल्याण्ड फर्किए तर उनी भने बेलायतमै रहे । बेला–बेला उनी बुवाआमासँग भेटन क्राइष्टचर्च जाने गरेका छन् ।

समाचार संस्थाहरुले न्यूजिल्याण्डको हारपछि उनका बुवाआमा निकै दुखित भएको जनाएका छन् । न्यूजिल्याण्डको सबैभन्दा बढी घृणा गरिएको व्यक्तिका रुपमा उनको आलोचना भएको छ । त्यसो त स्टोक्सलेसमेत उक्त घटनामा आफू निकै दुखित भएको र जीवनभरी माफीयोग्य भएको बताइसकेका छन् । हेर्नुस् भिडियो

कमेन्ट गर्नुहोस्