जाँगर र इच्छाशक्तिको बेजोड नमूना रितु, जसले जागिर छाडेर चटपटे बेच्न थालिन्

काठमाडौं, असार ३० । नेपालमा युवापुस्तामा बिस्तारै योग्यता–क्षमताअनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन्, यस्तैमा पर्दछिन गोर्खाकी रितु बस्नेत ।

भर्खर १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । उनी आजभोलि काठमाडौँ वनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् । सुन्दर र वान्की परेको अनुहार र शरीर अनि स्नातक अध्ययनरत उनलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ । देशमा काम छैन, भविष्य छैन भन्दै विदेश मोह राख्नेहरुको बीचमा दरिलो उदाहरण बनेकी छिन् रितु ।

कमेन्ट गर्नुहोस्