एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

दोहा, असार ३० । एनआरएनए एनसीसी कतारको २०१९–०२१ सदस्यताको लागि आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अधिवेशन नजिकिँदै गर्दा कतारको माहोल गरम भएको छ । आवेदकहरुका लागी ३० जुन २०१९ सम्म तोकिएको समयमा ५६५२ जना आवेदकहरुले आवेदन दिएपनि प्रारम्भिक चरणमा एनसीसी कतारले ५०६७ जनाको नामावली छनौट गरिएको छ ।

प्रारम्भिक नामावली प्रकाशनको गरिएको पञ्जीकृत सदस्यहरुका शुल्क भुक्तानी गर्ने अन्तिम मिति १९ जुलाईसम्म तय गरिएको छ । सूचीमा उल्लेखित आवेदकहरुले आफ्नो सदस्य शुल्क एनसीसी कतारले तोकिएका व्यक्तिहरु उत्तम गुरुङ, विनोद बसौला, अरुण केसी, आसबहादुर गुरुङ, नरेस जैसी, बुद्ध पाण्डे, बसन्त कुँवरलाई बुझाउन सक्ने छन् । प्रमाणित भइसकेका प्रारम्भिक नामावलीमा प्रकासित आवेदकहरुले तोकिएको समयमा लागत सदस्यता दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुनेछ ।

फारम भरेर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतिक्षामा रहेका छन् । निर्वाचन सम्बन्धी प्रक्रिया र पञ्जीकृत सदस्यको अन्तिम नामावली प्रकासन भएपछि निर्वाचन समितिले आफ्नो कामअघि बढाउने छ । गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार आवेदनको अन्तिम मितिसम्म ५६५२ जनाको आवेदन परेको थियो ।

कमेन्ट गर्नुहोस्