कैलालीमा बस दुर्घटना हुँदा ९ जना घाईते

कैलाली, असार ३० । कैलालीमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नं.४ मा पर्ने जंगलमा बस दुर्घटना हुँदा ९ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरिक्षक यक्ष राज जोशीले महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेको बताए ।

घाइते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रड भाँच्चिदाँ बस दुर्घटनामा परेको अनुमान गरिएको छ चालक भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्