बाढी–पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १४४५ जनाको सकुशल उद्दार

काठमाडौं, असार ३० । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४र४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । वेपत्ताको खोजी कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

नेपाल प्रहरीका अनुसार पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै महोत्तरी वर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग प्रहरीले गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्