‘धनगढी ग्यालरी’द्धारा रक्तदान कार्यक्रम, १८ पिन्ट रगत संकलन

कैलाली, असार ३० । सामाजिक कार्यका लागि स्थापित ‘धनगढी ग्यालरी’ ले सोमबार धनगढीमा रक्तदान कार्यक्रम गरेको छ। स्वास्थ्य संस्थामा देखिएको रगत अभावको समस्यालाई मध्य नजर गर्दै धनगढी ग्यालरीले कैलाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

धनगढी ग्यालरीका प्रवन्धक जिएस भण्डारीका अनुसार स्वास्थ्य संस्थामा देखिएको रगत अभावको समस्यालाई मध्यनजर गर्दै हेल्प फोर ह्याप्पीनेसको सहयोगमा आयोजना गरिएको कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । रक्तदान कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको प्रवन्धक भण्डारीले बताए। संकलित रगत सोमबार नै रक्त सञ्चार केन्द्र धनगढीलाई बुझाईएको ग्रुपका अर्का प्रबन्धक चक्र खडायतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्