एक वर्षीया बालिकामाथि यौन दुराचार गरेको भिडियो पोस्ट गर्नेलाई ७० वर्ष जेल सजाय

काठमाडौं, असार ३० । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका एक युवकलाई आफ्ना एक वर्षीय नातेदारसँग यौन दुर्व्यवहार गरेको भिडियो ‘इन्टरनेट संजाल’मा वितरण गरेको आरोपमा स्थानीय अदालतले ७० वर्षको जेल सजाय सुनाएको छ ।

अधिकारीहरूले ‘अकल्पनीय र सबैभन्दा डरलाग्दो अत्याचार’ भन्ने संज्ञा दिइएको बाल यौन दुराचारसम्बन्धी उक्त चार भिडियोको शृंखलालाई ३१ वर्षीय जेम्स लोकहार्ट भन्ने मानिसले ‘डार्क वेब फोरम’मा पोस्ट गरेका थिए ।

उनले आफ्नै नाता पर्ने एकवर्षीय बालिकासँग यौन दुर्व्यवहार गर्दै गरेको भिडियो इन्टरनेटमा पोस्ट गरेका थिए । भिडियोमा उक्त बालिका पीडाले रोईरहेको बताइएको छ ।

संयुक्त राज्य अमेरिकाका न्यायाधिवक्ताको कार्यालयका अनुसार अभियुक्त लोकहार्टले आफू भाइरल हुने योजना अन्तर्गत उक्त भिडियोहरूमा उक्त संजालको चिन्ह र आफ्ना अनलाइन नामहरू ‘स्ट्रेन्जवुड’ र हार्डवुड’ देखिने गरेर पोस्ट गरेका थिए ।

अभियुक्तले उक्त अनलाइन संजालमा एउटा संदेश प्रकाशित गर्दै आफू यस किसिमका ‘खेलमा नयाँ’ भएको तर आफू ‘यस्ता काम गर्न उत्सुक रहेको’ बताएका छन् ।

उनले आफूले एक वर्षीय बालकमाथि यौन दुराचार गर्ने गरेको फुईं झार्दै त्यस्तै प्रकारको एउटा अर्को भिडियो समेत पोस्ट गरेका थिए ।

अभियुक्तले बाल यौन दुराचारसम्बन्धी अन्य अश्लील सामग्री पनि संकलन गरेर राख्ने गरेको आरोप उनीमाथि छ ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन- एचएसआई का अधिकारि माइकल कोचरानले भने, “यस प्रकारको यौन विचलनमा डरलाग्दो किसिमले एक वर्षीय बालिकामाथि अत्याचार हुनु दुःखद छ ।”

कमेन्ट गर्नुहोस्