कांग्रेसको कर्मचारी युनियनका नेता एक लाख ७ हजार घुससहित पक्राउ

काठमाडौं, असार ३० । काठमाडौं महानगरपालिका कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिएको छ । महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई घुससहित पक्राउ गरिएको हो । कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए ।

याे पनि पढ्नुस  महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

सोती कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष रहेको पनि खुलेको छ।

कमेन्ट गर्नुहोस्