विश्वकपको ‘ड्रिम टिम’ घोषणा, केन विलियम्सन कप्तान

काठमाडौं, असार ३० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आइतबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनको कप्तानीमा ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरिएको हो । टिममा विजेता इङल्याण्डका ४ जना खेलाडी परेका छन् ।

पूरा प्रतियोगितामा प्रदर्शनका आधारमा छानिने यो टिममा ओपनिङको जिम्मेवारी भारतका रोहित शर्मा र इङल्याण्डका जेसन रोयलाई दिइएको छ । त्यसपछि ब्याटिङ अर्डरका क्रममा ३ नम्बरमा न्यूजिल्याण्डका केन विलियमसन, ४ नम्बरमा बंगलादेशका शाकिब अल हसन, ५ र ६ नम्बरमा इङल्याण्डका जो रुट र बेन स्टोक्स परेका छन् ।

विकेटकिपरका रुपमा ७ नम्बरमा अस्ट्रेलियाका एलेक्स केरीलाई रोजिएको छ । त्यसपछि बलरहरु ब्याटिङ क्रमको आधारमा अस्ट्रेलियाका मिचेल स्टार्क, इङल्याण्डका जोफ्रा आर्चर, न्यूजिल्याण्डका लोकी फ्रगुसन र भारतका जसप्रित बुमराह परेका छन् । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टलाई १२ औं अ‍ेलाडीको रुपमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्