४३ किलो चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

चितवन, असार ३१ । ४३ केजी लागूऔषध चरेससहित चितवनको रत्ननगरबाट प्रहरीले एक भारतीय वृद्धालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार भारत मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुनलाई चरेसहित पक्राउ गरेको हो ।

खातुन चितवन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी प्रहरिले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यलय टाडीबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलिले सोमबार राति पक्राउ गरेको हो। खतुनलाई चरेससहित इप्रका टाडीमै राखि थप अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्