अनेरास्ववियूका नेतालाई खुकुरी हानेका गुन्डा नाइके ‘निमा’ पक्राउ

काठमाडौं, असार ३१ । गुन्डा नाइके ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका छन्। अनेरास्ववियूका एक नेतालाई खुकुरी हानेको आरोपमा ज्यान मार्ने उद्योगअन्तर्गत मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परिसकेका व्यक्ति हुन्।

२०६६ असोज ८ मा ज्यान मार्ने उद्योगमा उनी ३ वर्ष जेल बसेका थिए। सजाय भुक्तान गरी जेलमुक्त भए पनि उनी फेरि सोही उद्योगअन्तर्गत २०७२ चैत १० मा पुन पक्राउ परेका थिए। व्यवसायीलाई धम्काएर पैसा उठाउने र ज्यान मार्ने धम्की दिनेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। निमा नयाँ बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका टोले गुन्डा हुन्। नेपालसमाचारपत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्