दाङ, असार ३१ । लामो समयसम्म स्वस्थ रहन र शरीरलाई फूर्तिलो बनाईराख्न योग नै सर्वश्रेष्ठ उपाय भएको मंगलबार दाङको देउखुरीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
गुरु पुर्णिमाको अबसर पारी योग विज्ञान केन्द्र लालमटिया र भालुबाङको संयुक्त आयोजना सम्पन्न योग शिविर एवं गुरु सम्मान कार्यक्रका सहभागीले सो विषयमा जोड दिएका हुन् ।
योग बिज्ञान केन्द्र लालमटीयाका अध्यक्ष गोमा थापाको सभापतीत्व एंव योग बिज्ञान केन्द्र भालुबाङका कोषाध्यक्ष पदम पाण्डेको प्रमुख आतिथ्यता र केन्द्रका जिल्ला प्रतिनिधी सुशीला खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक दिवादेवी आचार्य, समाजसेवी, बुद्धिजीवी, स्थानीय नागरिक, पत्रकार र २० जनाभन्दा बढी योग शिविरका प्रशिक्षार्थीको सहभागीता रहेको थियो । सो अबसरमा होमन गर्दै सम्पपुर्ण गुरुहरुप्रति सम्मान प्रकट समेत गरिएको थियो