बैंक र भन्सार कार्यालय मंगलबार अबेरसम्म खुल्ने

काठमाडौं, असार ३१ । आवको अन्तिम दिन मंगलबार सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन् ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै समय खुल्ला गरी नियमित रुपमा राजस्व बुझ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

याे पनि पढ्नुस  बैंकहरु बजारमुखी भइदिँदा ग्रामीण विकासमा बाधा पुग्ने

यस्तै, महालेखा नियन्त्रकको कार्यालयले पनि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिँदै मंगलबार खर्चको चेकहरु सम्भव भएसम्म मंगलबार नै साटिने व्यवस्था मिलाउन भनेको छ । ‘चेक क्लियरिङ हुने शाखा तथा काउन्टरहरुमा राति अवेरसम्म कारोबार गर्ने व्यवस्था मिलाउने आदेशानुसार अनुरोध छ,’ महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

याे पनि पढ्नुस  पुँजी फस्न सक्छ, थाहा पाउनुस् शेयरमा लगानी गर्दा जान्नैपर्ने कुराहरू

भन्सार पनि अबेरसम्म खुल्ने

यस्तै, आवको अन्तिम दिन सबै भन्सार कार्यलय पनि अबेरसम्म खुल्ला रहेने छन् । ‘सामान्यतया भन्सार कार्यालय अन्य कार्यालय समयभन्दा अतिरिक्त समय पनि खुल्दै आएका छन्,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने, ‘तर, भन्सार कार्यलयलाई यति समयनै खोल्नुपर्ने भन्ने कुनै निर्देशन छैन । तर, सेवा प्रभावित नहुुनेगरी कार्यालय खोल्ने छौैं । ’

याे पनि पढ्नुस  स्रोत र संस्थाको खर्च व्यवस्थापन गर्न नसक्ने बैंकहरु मर्जरमा जानैपर्छ –अनलराज भट्टराई

यसअघि भन्सार विभागले रातिसम्म भन्सार कार्यलय खुल्ला गर्न सबै भन्सार कार्यालयलाई निर्देशन जारी गर्ने गरेको थियो । आवको अन्तिम दिन आज चालु वर्षको कारोबार यो वर्षभित्रै गर्नुपर्ने भएकोले सेवा समय थप गरिएको हो ।

कमेन्ट गर्नुहोस्