सिरहा, असार ३१ । केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्यारोमा परेका स्थानियलाई सशस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ ।
सिरहा जिल्लाको सुखीपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानीयले स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानिय सडक संजालबाट सम्पर्क टुट्दा स्वास्थ्य, शिाक्षा, यातायातमा असहज भएको देखेर बेलिब्रिज निर्माण गरी आवागमन सहज बनाइएको सशस्त्र प्रहरी बलको सुरक्षा बेसका प्रमुख प्रहरी निरिक्षक दीपक कोईराला बताए ।
पुलको बरियारपट्टी तर्फको भाग कटान हुँदा ५ दिन देखि सो पुलमा आवागमन ठप्प थियो, मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारी पारी गर्न नसक्ने अवस्था र राजमार्ग सम्म बिरामी लेराउन पनि बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले पुल बेलिब्रिज बनाए पश्चात जनजिवन सहज भएको स्थानीय श्यामलाल राजवंशीले बताए ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सीमित श्रोत साधन प्रयोग गरी अस्थाई फलामे पुल निर्माण गरेको छ पुल निर्माण पश्चात मोटर साइकल लगायत २ पांग्रे सवारी र स्थानीय लाई आवत जावत मा सहज भएको बताइएको छ ।
हेर्नुस तस्बिर: