वान डे सिरिजका लागि बंगलादेशी टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं, असार ३१ । २६ जूलाईदेखि श्रीलंका विरुद्धको एकदिवसीय सिरिजका लागि बंगलादेशले टिम घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आज घोषणा गरेको टिममा हालै सम्पन्न वान डे विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शाकिव अल हसन र लिटोन दासलाई भने समावेश गरिएको छ ।

यो संस्करणको विश्वकपमा शाकिवले ८ खेलमा ६०६ रन बनाए । उनी सर्बाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा रहे । यो विश्वकपमा शाकिवले ५ अर्धशतक र २ शतक बनाउन सफल भए । साथै उनले ११ विकेटसमेत लिएका थिए ।

यो संस्करणमा बंगलादेश सेमिफाइनलबाटै बाहिरियो । विश्वकपछि बंगलादेशले पहिलो सिरिज श्रीलंकासँग खेल्न लागेको हो । सिरिज जूलाई २६, २८ र ३१ मा हुनेछ ।

बंगलादेश क्रिकेट टोलीः मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्य सरकार, मुश्फिकुर रहीम, महमुदुल्लाह रियाद, मोहम्मद मिथुन, मोसाद्देक हुसेन, सब्बरी रहमान, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अनुमुल हक, मेहदी हसन, मोहम्मद सैफुद्दीन र तैजुल इस्लाम ।

कमेन्ट गर्नुहोस्