प्रतिबन्ध चिर्दैं राष्ट्रपति किम जोङले भित्र्याए करोडौं पर्ने मर्सिडिज

काठमाडौं, उत्तर कोरियामाथि अमेरिका र उसका सहयोगी देशहरुले कडा प्रतिबन्ध लगाएका छन् । यी देशका कम्पनीहरुले कुनै पनि विलासी बस्तु (लग्जरी गुड्स) उत्तर कोरियामा निर्यात गर्न पाउँदैनन ।

तर अमेरिकी समाचार संस्था सिएनएनले भने कोरियाका राष्ट्रपति किम जोङले करोडौं मूल्य पर्ने मर्सिडिज बेन्ज कार भित्र्याएको सनसनीपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ । यो समाचारसँगै किम जोङ इल फेरी चर्चामा आएका छन् ।

किमले चढ्ने गाडीमा मर्सिडिज बेन्ज मेबैक एस ६०० पुलम्यान गार्ड र मेबेच एस ६२ रहेका छन् । विश्वका प्रख्यात नेताहरुले प्रयोग गर्ने यी गाडीको मूल्य करिब १६ लाख अमेरिकी डलर अर्थात् नेपाली १७ करोडसम्म पर्दछ । अचम्म त के छ भने किमले अमेरिकी प्रतिबन्धलाई चिर्दै यी गाडी कसरी भित्र्याए त ?

रिपोर्ट भन्छ– रोटरड्यामबाट किनिएका यी गाडीहरु ६ वटा देश पार गर्दै उत्तर कोरिया पुगेका हुन । वाशिङ्गटनस्थ्ति सेन्टर फोर एडभान्स स्टडीजले ६ महिना लगाएर खोजी रिपोर्ट तयार गर्दै यी गाडीहरु कोरियाका लागि किनिएको दावी गरेको छ ।

रिपोर्ट अनुसार, जुन १४, २०१८ मा पनि दुई वटा मर्सिडिज मेबेक एस ६०० कोरिया ल्याइएका थिए । डेनमार्कको डच बन्दरगाहबाट यी गाडीहरु त्यहाँबाट जापान, सियोल हुँदै रुस र रुसबाट विशेष जेट विमानमार्फत कोरिया पुगेका हुन । रुसबाट उत्तर कोरिया जाने नियमित जहाजको सेड्यु्ल परिवर्तन गरी एउटा जहाज गाडी मात्रै लगेर कोरिया गएको रिपोर्टको दावी छ ।

यसअघि दक्षिण कोरियाली राष्ट्रपतिसँगको वार्तामा किमले यही गाडी प्रयोग गरेका थिए । रिपोर्ट अनुसार, उत्तर कोरियाले १६५ वटा यस्ता गाडी लगिसकेको छ ।

उता कम्पनीले भने गाडी आफूले बेच्दै आएको तर तेश्रो पक्षले ती गाडी कहाँ कसलाई बेच्छ भन्ने कुरा आफूलाई थाहा नहुने बताएको छ । गाडीको इन्जिन नम्बर हेरेपछि मात्रै आफूले केही बताउन सक्ने बताउँदै सिएनएनलाई कम्पनीले आफूले प्रतिबन्धको उल्लंघन नगरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्