पेरुका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सीः भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकाबाट पक्राउ गरिएकाे जनाएको छ ।

महान्यायाधीवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि अमेरिकामा बस्दै आएका थिए ।महान्यायाधीवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि अमेरिकामा बस्दै आएका थिए ।

टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ । उनकी पत्नी एलियान कार्प विरुद्ध पनि मुद्दा दायर गरिएको छ । टोलेडोको सुपुर्दगीका लागि एकदेखि डेढ वर्ष लाग्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्