लागू औषधसहित एकजना पक्राउ

वीरगञ्ज, साउन १ । शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ वर्षीय राजु सिटौला पक्राउ परेका हुन् ।शरीरमा लुकाएर लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बुधबार बिहान वीरगञ्ज महानगरपालिका–१६ भन्सार मुलगेटबाट पक्राउ परेका हुन् ।

उनको साथबाट डाइजेल्याब, नोफिन, फेनारगन १५–१५ गरी ४५ वटा ट्याबलेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्