पोखरामा ‘पेन गन’ सहित एक जना पक्राउ

पोखरा, साउन १ । प्रहरीले पोखराबाट ‘पेन गन’ सहित लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । हेर्दा कलम जस्तो देखिने, सात राउन्ड गोली लाग्ने ‘पेन गन’ लागूऔषध कारोबारीबाट बरामद गरिएको हो । नयाँ प्रहरी प्रमुखको आगमनपछि लागूऔषध कारोबारविरुद्ध अपरेशन थालेको प्रहरीले पोखरा २४ कास्कीकोटका २४ वर्षीय सागर रानाभाटको साथबाट ‘पेन गन’ बरामद गरिको हो ।

केही समययता उनी पोखरा ७ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा ‘पेन गन’ सहित लागूऔषध पनि भेटिएको हो । प्रहरीले ‘पेन गन’ सहित लागूऔषध पनि बरामद गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्