क्रिकेटको नियममा हुँदैछ यस्तो परिवर्तन, अब नहोला कि विवाद?

काठमाडौं, साउन १ । आइसीसीले आउँदो अगस्तमा इङ्ल्याण्ड र अस्ट्रेलियाबीच हुने एसेज शृंखलाबाट क्रिकेटसम्बन्धी केही परिमार्जित नियमहरू लागू गर्ने भएको छ । भर्खरै सम्पन्न विश्वकपको फाइनल खेलमा बढी बाउन्ड्रीका आधारमा इङ्ल्याण्डलाई विश्वविजेता घोषित गरिएपछि यस किसिमको नियमको व्यापक आलोचना भइरहेको पृष्ठभूमिमा आइसीसीले केही नियम परिमार्जित गर्न लागेको हो ।

तर आइसीसीले लागू गर्न थालेको नयाँ नियम भने उक्त नियमसँग सम्बन्धित छैन । आइसीसीले खेलका क्रममा घाइते भएका खेलाडीको सट्टामा फिल्डिङ् गर्न आउने खेलाडीका निम्ति प्रचलनमा रहेको नियममा फेरबदल गर्न लागेको हो । क्रिकेटको २४ औं नियममा सट्टा खेलाडी या ‘सब्स्टिट्यूट’ खेलाडीबारे नियमहरू राखिएका छन् । जस अनुसार क्कुनै खेलाडी खेलका क्रममा घाइते भएर या अन्य कुनै कारणले खेल्न असमर्थ हुन्छ भने उसको सट्टामा आउने खेलाडीले ब्याटिङ् र बलिङ् गर्न पाउँदैन थिए । उनीहरूको काम मात्र फिल्डिङ गर्ने हुने गर्थ्यो ।

तर नयाँ नियम लागू भएमा कुनै खेलाडी खेलको क्रममा घाइते भएमा ती खेलाडीको सट्टामा आउने खेलाडीले पूरै खेल खेल्न पाउने छन् । अर्थात सट्टामा खेल्न आउने खेलाडीलाई ब्याटिङ्, बलिङ्, या विकेट किपिङ् गर्न पाउने अधिकार हुनेछ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

यस्तो भएको खण्डमा क्रिकेट टीमहरूले ब्याट्सम्यान घाइते भए ब्याट्सम्यान र बलर घाइते भए बलरलाई नै सट्टा खेलाडीको रूपमा खेलाउन सक्ने छन् । यसरी घाइते खेलाडीको सट्टामा खेल्न आउने खेलाडीलाई ‘कन्कसन सब्स्टिट्यूट’ भनिनेछ ।

यस नियमको बारेमा लन्डनमा जारी आइसीसीको वार्षिक बैठकमा चर्चा हुने बताइएको छ । यस नियमलाई चाँडो प्रभावमा ल्याइन सक्ने क्रिकेटमा समाचार प्रकाशित गर्ने समाचार संस्थाहरूले लेखेका छन् । केही समयपछि हुनगइरहेको विश्व टेस्ट च्याम्पियनसिपमा यो नियम पूर्णतया लागू गर्ने आइसीसीको योजना रहेकाले निकट भविष्यमै सुरु हुने कुनै दुई दिवसीय सिरिजमा यस नियमको परिक्षण हुनसक्ने बताइएको छ ।

विश्वकपमा एलेक्स क्यारी र शिखर धवनले घाइते अवस्थामा नै खेले

आइतबार मात्रै सम्पन्न भएको विश्वकप क्रिकेटमा इङ्ल्याण्डका जोफ्रा आर्चरको बलमा पहिले दक्षिण अफ्रिकाका हासिम आमला र पछि अस्ट्रेलियाका एलेक्स क्यारी घाइते भएका थिए । अमलाले चोट लागेपछि खेल्न सकेनन् र उनी मैदानबाट बाहिरिए । अमला फेरि ब्याटिङ् गर्न फर्किन सकेनन् ।  तर क्यारीले भने घाउमा पट्टी बाँधेर खेल्न जारी राखे । यस दौरान उनको घाउबाट लगातार रक्तस्राव भइरह्यो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

त्यस्तै अस्ट्रेलियाविरुद्ध खेल्ने क्रममा भारतीय ओपनर शिखर धवनलाई नाथन कोल्टरको बलमा चोट लागेको थियो । तर उनले रिटायर्ड हर्ट हुने डरले खेल्न जारी राखे । उनको चोट कति गम्भीर थियो भने उनले त्यसपछि विश्वकपका खेलहरू नै खेल्न सकेनन् । हालसम्म प्रचलनमा रहेको नियम अनुसार कुनै खेलाडी रिटायर्ड हर्ट भएमा उसको ब्याटिङ गर्ने पालो त्यत्तिकै गुम्ने हुन्छ ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले गरे समर्थन

केही महिना अघि मात्रै अस्टेलियासँगको एउटा खेलमा घरेलु टीमविरुद्ध खेल्ने क्रममा श्रीलंकाका दुई खेलाडी कुसल मेन्डिस र दिमुथ करुणारत्ने एक अर्कासँग ठोक्किएका थिए । यसबाट घाइते भएका दिमुथलाई तुरुन्तै अस्पताल लागिएको थियो । त्यस बेला पनि ‘कन्कशन सब्स्टिट्यूट’ बारे चर्चा भएको थियो र अस्ट्रेलियाका कप्तान एरों फिंचले उक्त नियमको समर्थन गरेका थिए ।

यस नियमको चर्चा पहिलो पटक अस्ट्रेलियाका पूर्व ओपनर फिलिप ह्युजको निधनपछि चलन थालेको हो । ह्युजलाई २०१४ को सेफिल्ड सिल्ड टुर्नामेन्टको एउटा खेलमा टाउकोमा बाउन्सर लागेको थियो । उनलाई तत्काल नै अस्पताल लागिएको भएपनि उनलाई बचाउन सकिएन ।

कस्तो कस्तो फेरबदल हुँदैछ नियममा ?
हालको नियम अनुसार कुनै ब्याट्सम्यान घाइते भएको खण्डमा उसले मैदानबाहिर जानु पर्ने हुन्छ तर उसको सट्टामा अर्को खेलाडीले ब्याटिङ अथवा बलिङ गर्न पाउन्नथ्यो । तर यसरी आएको खेलाडीले फिल्डिङ भने गर्न पाउँथ्यो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

‘कन्कशन सब्स्टिट्यूट’ नियम लागू भएपछि सट्टामा आएको खेलाडी नियमित खेलाडी सरह ब्याटिङ या बलिङ गर्न पाउनेछ । तर यसरी सट्टामा आउने खेलाडीको विशिष्टीकरण भने घाइते खेलाडीकै सरह हुनु पर्नेछ । अर्थात एउटा ब्याट्सम्यान घाइते भयो भने उसको सट्टामा फास्ट बलर आउँ पाउँदैन । बरु ब्याट्सम्यान नै आउनु पर्ने हुन्छ । त्यस्तै फास्ट बलर घाइते भएको अवस्थामा उसको सट्टामा फास्ट बलरलाई नै पठाउनु पर्ने हुन्छ । त्यस्तोमा स्पिनर या ब्याट्सम्यान पठाउन पाइने छैन ।

परीक्षणमा आइसकेको छ यो नियम
यस नियमलाई क्रिकेट अस्ट्रेलियाले २०१६-१७ मा घरेलु एकदिवसीय शृंखला, बिग ब्यास लीग र महिला बिग ब्यास लिगमा गरिसकेको छ । त्यर आइसीसीले स्वीकृति नदिएका कारण सेफिल्ड शृंखला र प्रथम श्रेणीका क्रिकेट प्रतियोगिताहरूमा भने यस नियमको प्रयोग गरिएको थिएन । इङ्ल्याण्ड क्रिकेट बोर्डले गत सिजनको काउन्टी क्रिकेटमा यो नियम लागू गरेको थियो ।

कमेन्ट गर्नुहोस्