भेटियो ४० लाख पुरानो प्रजातिको सबैभन्दा सानो बाँदरको जीवाश्म

काठमाडौं, अनुसन्धानकर्ताहरुले संसारको सबैभन्दा सानो बाँदरको जीवाश्म पत्ता लगाएका छन् । यसको आकार जंगली खरायो जस्तै छ । केन्यामा ४० लाख वर्ष अघि यो प्रजातिका बाँदरहरु अस्तित्वमा रहेको मानिएको छ ।

केन्याको राष्ट्रिय संग्रहालय र अमेरिकाको अराकंसास विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार नैनापिथेकस ब्राउनी नामका यी बाँदरहरुको आकार आधुनिक तालपोइन बाँदर जस्तै रहेको हुनुपर्छ । आधुनिक तालपोइन बाँधर संसारमा अस्तित्वमा रहेका बाँदरको सबैभन्दा छोटो प्रजाति हो । यसको तौल दुई तीन पाउण्ड मात्रै हुने गर्दछ ।

शोधकर्ताहरुका अनुसार, तालपोइन गुयोन नामक बाँदर बाँदरकै समूहको हिस्सा हो । यी बाँदर अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । ह्यूमन इभोलुसन नामक पत्रिकामा प्रकाशित अध्ययनमा बाँदरको अधिकांश प्रजातिहरुको आकार नौनोपिथेकस ब्राउनीभन्दा कैयन गुणा बढी हुन्छ ।

तालपोइन भने पश्चिम मध्य अफ्रिकामा मात्रै रहने गर्दछन् । शोधकर्ताहरुले नौनापिथेकस ब्राउनीका जीवाश्म केन्याको पूर्वी क्षेत्र कानापोईमा पाइएका थिए ।

कमेन्ट गर्नुहोस्