मोष्ट वान्टेड आतंकवादी हाफिज मोहम्मद गिरफ्तार

मुम्बई । मुम्बईमा भएका आतंकवादी हमलामा मोष्ट वाण्टेड आतंकवादीको सूचिमा रहेका हाफिज मोहम्मद सईदलाई पाकिस्तानी प्रहरीले गिरफ्तार गरेको छ ।

जमात उद दावा नामक संगठनका प्रमुख आतंककारी हाफिजलाई काउण्टर टेरोरिज्म विभाग (प्रति आतंकवाद विभाग)ले बुधबार लाहौरमा नियन्त्रणमा लिएको हो । लाहौरदेखि गुजरावाला जाँदै गरेको बेला उनलाई पक्राउ गरिएको थियो । हाफिजलाई न्यायिक हिरासतमा पठाइएको छ ।

हाफिल मोहम्मद सईद आतंक संगठन लश्कर ए तैयबाका संस्थापक पनि हुन । मुम्बईमा २६÷११ मा भएको हमलामा उनको मुख्य हात रहेको भारतीय सुरक्षा निकायको दावी छ । उक्त घटनामा ६ जना अमेरिकी नागरिकसहित १६६ जना मारिएका थिए ।

भारतीय मिडिया र विश्लेषकहरुले भने यसलाई समेत पाकिस्तानको कुटनीतिक कदमका रुपमा लिएका छन् । भारतले हाफिजलाई गिरफ्तार गर्न लामो समयदेखि पाकिस्तानमाथि दबाब दिँदै आएको थियो । त्यसो त हाफिज यसअघि पनि केहीपटक गिरफ्तार भएर जमानतमा छुटेका छन् ।

कमेन्ट गर्नुहोस्