चर्चा शुरुः बिग बोस १३ का पहिलो प्रतियोगीको नाम सार्वजनिक

मुम्बई । भारतीय टेलिभिजनको रियालिटी शो बिग बोस १३ को तयारी तीब्र बनेको छ । यसपाली पनि सलमान खानले नै होष्ट गर्ने भनिएको बिग बोसमा यसपटक बिभिन्न क्षेत्रका सेलिबे्रटीहरुलाई छनौटका लागि आमन्त्रण गर्ने क्रम समेत तीब्र बनेको छ ।

यसैबीच बिग बोस निर्माताहरुले पहिलो प्रतियोगिको नाम ब्रेकिङ गरेका छन् । यसमा नाम जोडिएको छ चर्चित कलाकार चंकी पाण्डेको ।

याे पनि पढ्नुस  यी हुन् बिग बोसमा सबैभन्दा बढी पैसा पाउने नायिका

चंकी पाण्डे बलिउडकी अभिनेत्री अनन्या पाण्डेका बुवा हुन ।

निर्माताहरुले निकै पहिला नै चंकी पाण्डेलाई शो मा भाग लिन आमन्त्रण गरेपनि उनले यसको जवाफ दिएका थिएनन । अहिले भने चंकी पाण्डेले शो मा भाग लिने पक्का गरेको खबर छ ।
चंकी पाण्डेले सन् १९७८ मा पहलाज निहलानीको चलचित्र ‘आग’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेका थिए । त्यसपछि उनले तेजाब, खतरों के खेलाडी, जहरिले, आँखे जस्ता सुपरहिट चलचित्रमा काम गरे । अहिले भने उनी श्रीमती भावनासँग मिलेर मुम्बईमा एउटा फुड रेष्टुरेण्ट चलाइरहेका छन् ।

याे पनि पढ्नुस  बिग बोस-१३ अन्तिम चरणमा; टीजरमा सलमानले दिए यस्तो चेतावनी (भिडिओ सहित)

को छन् अरु चर्चामा ?
चंकी पाण्डेको नाम निश्चित भएपनि अरु को को सहभागी हुने स्पष्ट भएको छैन । चर्चामा आएका नामहरुमा जरीन खान, चंकी पांडे, राजपाल यादव, वरीना हुसैन, देवोलीना भट्टाचार्य, अंकिता लोखंडे, राकेश वशिष्ठ, माहिका शर्मा, डैनी डी, बंगाली सुपरस्टार जीत, चिराग पासवान, विजेंदर सिंह, राहुल खंडेलवाल, महिमा चौधरी, मेघना मलिक, मिमोह चक्रवर्ती, हिमांश कोहली, दयानंद शेट्टी, फैजी बो, रितु बैरी, सोनल चौहन, फैजलपुरिया राहुल यादव, सिद्धार्थ शुक्ला आदि रहेका छन् ।

याे पनि पढ्नुस  बिग बोस-१३ अन्तिम चरणमा; टीजरमा सलमानले दिए यस्तो चेतावनी (भिडिओ सहित)

आगामी २९ सेप्टेमबरबाट बिगबोस १३ शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्