उपप्रधानमन्त्री यादवद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

सप्तरी, साउन १ । वर्षा र बाढीपछि डुबानमा परेका सप्तरीसहित प्रदेश २ का जिल्ला अझै डुबानमा छन् । डुबानबाट सबैभन्दा बढी प्रभावित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तथा हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज क्षेत्रको निरीक्षण गरिएको हो ।

डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार र नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित चार मन्त्री लगायतका टोलीले बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको निरीक्षण गरेका छन् ।

निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला वस्तुगत स्थितिको बारेमा जानकारी गराएका थिए । टोलीले तिलाठी गाउँका केही क्षेत्र स्थलगत निरिक्षण पनि गरेको थियो । निरीक्षणको क्रममा मन्त्रीहरुले राहत तथा उद्दारमा संघीय सरकार पछि नपर्ने आश्वासन दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्