सालीसँग प्रेम बसेपछि श्रीमतिको हत्या

कास्की, साउन १ । पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ। लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि मुख्य हत्यारा प्रहरीमा उजुरी गर्न पुगेको पत्ता लागेको छ। पत्नीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहरीले बुधबार पत्रकारसामू सार्वजनिक गरेको हो। सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि यो जघन्य अपराध गरेको खुलेको छ। साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन्। रमेशले पत्नीको हत्या गरेपछि जंगलमा फालेर असार २ गते खोजीका लागि भन्दै प्रहरीकहाँ निवेदन दिएका थिए।

याे पनि पढ्नुस  ६ लाख सहित खालबाटै ११ जना जुवाडे पक्राऊ

असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली कालिका चोकबाट हराएकी थिइन्। हराएको २५ दिनपछि उनको शव पोखरा महानगरपालिका-२२ स्थित जङ्गलमा फेला परेको थियो । पतिमाथि नै शंका अनुसन्धानका क्रममा रमेशले शंकास्पद गतिविधि गरेपछि प्रहरीले निगरानी बढाएको थियो। शंका लागेपछि प्रहरीले रमेशलाई असार २५ गते नियन्त्रणमा सोधपुछ गर्‍यो।प्रहरीसँगको बयानमा रमेशले लक्ष्मीलाई मारेको स्वीकारे। हत्या स्वीकारेका रमेशले नै प्रहरीलाई घटनास्थल देखाए।उनैले देखाएको ठाउँमा लक्ष्मीको शव (कंकाल) भेटियो।

याे पनि पढ्नुस  डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

अनुसन्धानका क्रममा रमेश उनकै साली अनु परियारसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ।उनीहरुको सम्बन्धबारे लक्ष्मीले थाहा पाएपछि अनुले नै दिदिलाई मार्न भेनाजुलाई प्रस्ताव राखिन्।अनुको कुरा मानेर रमेशले लक्ष्मीको हत्या योजना बनाए। रमेशले आफू र सालीले मात्र लक्ष्मीको हत्या गर्न नसक्ने भएपछि नजिकको साथी सञ्जय शर्मालाई योजना बताए। उनीहरुको सम्बन्धबारे सञ्जयलाई पहिल्यै जानकारी थियो।सञ्जयले रमेशको योजनामा साथ दिए।

याे पनि पढ्नुस  बोर्डिङभित्रै कामदार महिलाको घाँटी रेटेर हत्या

उनीहरुले हत्या आफ्नो हातबाट नगर्ने निचोड निकाले। त्यसपछि उनीहरुले सर्लाहीको ईश्वरपुर नगरपालिका–३ तीनघरियाका चितनरन्जन साहलाई पनि सामेल गराए।साह पोखराको पृथ्वी चोकमा मोबाइल पसल सञ्चालन गर्छन् । साहले नै रमेशलाई पत्नीको हत्या गर्न भारतबाट किलर झिकाउने आश्वासन दिए।उनले १० लाख रुपैयाँ जोरजाम गर्न भने। उनीहरुकै योजना अनुसार गत जेठ ३० गते भारतबाट ३ जना किलर पोखरा आइपुगे।उनीहरुलाई साहले पृथ्वीचोकको कोसी होटलमा खान बस्‍न बन्दोबस्त मिलाएका थिए । थाहखबरबाट साभार

कमेन्ट गर्नुहोस्