शान्ति सैनिकको मृत्यु

संयुक्त राष्ट्रसंघ, साउन १ । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । उक्त आक्रमणका क्रममा दुई महिला र एक बालकसहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ । सिन्ह्वा

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

कमेन्ट गर्नुहोस्