चलचित्र ‘काँचुली’को ट्रेलर सार्वजनिक

काठमाडौं, साउन २ । बिजी बर्मा फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘काँचुली’ को टे«लर सार्वजनिक भएको छ ।

कला राईको प्रस्तुति र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको ‘काँचुली’को टे«लर सार्वजनिक भएको छ । वास्तविक जीवन घटनालाई समेटेर चलचित्रमा कथावस्तु तयार गरिएको छ।
नयाँ प्रस्तुतिमा दिपक राई र नवनायिका भुमा सापकोटाको एक्सन प्रोमोमा देख्न सकिन्छ भने शुभेच्छा थापाको साथमा सुबास गजुरेल, शर्मिला शर्मा, अन्जना ज्योती, अस्मि थापा र राजन श्रेष्ठलाई प्रोमोमा फिचरिङ गरिएको छ ।

सुशील डाँगीको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जन र दिलिप राईको नृत्य, राजु लामा, राजेन्द्र बजगाइ, शंकर अधिकारी घायलको संगीतमा नित्याशिवा, सपना श्री, अनिता लामा, राजेन्द्र बजगाइ र शम्भु रैकाको आवाज रहेको छ ।

रबिन श्रीको पृथक भुमिका रहेको चलचित्र काँचुलीको वितरण तिरुपती पिक्चर्सको लागि सरोज शर्मा र सुनीता भट्टराई रहेका छन । चलचित्र यही साउन २४ गते रिलिज हुने चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए । हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्