राष्ट्र बैंकले नेप्सेमा भएको लगानी बिक्री गर्दै

काठमाडौं, श्रवण २ । नेपाल स्टक एक्सचेञ्जमा गरेको ३४.६० प्रतिशत लगानी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरी नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्ने भएको हो ।

नेप्सेमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको रहेको छ । नेपाल सरकारपछि सबैभन्दा ठूलो लगानी भएको राष्ट्र बैंकले आफ्नो लगानी बिक्री गर्न लागेको हो । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ भने राष्ट्र बैंकको ३४.६० प्रतिशत लगानी रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत लगानी रहेको नेप्सेमा सेयर ब्रोकहरुको १ प्रतिशतभन्दा कम लगानी रहेको छ ।

राष्ट्र बैकंको नेप्सेमा भएको सो सेयर बैंक तथा वित्तीय संस्था, धित्रोपत्र व्यवसायीका सँगै सुचीकृत संगठित संस्थाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । उक्त सेयर भदौ २ गतेसम्म आवेदन दिनुका साथै भदौ ४ गते बोलपत्र खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो । प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले बोलकबोलमार्फत आफ्नो सेयर बिक्री गर्न खोजेको हो ।

कमेन्ट गर्नुहोस्