ह्वात्तै बढ्यो सुनको भाऊ

काठमाडौं, साउन २ । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्