सामुदायिक सुरक्षा अभिवृद्धिका लागि अन्तरक्रिया

धनगढी, साउन २ । सामुदायिक सुरक्षा अभिवृद्धिका लागि बुधबार सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको छ ।

युवा शान्ति परिषद नेपालको आयोजना तथा धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको हो । युवा शान्ति परिषद नेपालका संयोजक प्रेम ढुंगानाका अनुसार विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यशन, त्यसको प्रभाव, त्यसले समाज र ब्यक्तिगत जिवनमा हुने असरका बारेमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरिक्षक बिर्खबहादुर बुढाले प्रस्तुतिकरण गरेका थिए ।

याे पनि पढ्नुस  धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढीका लागूपर्दाथको दुव्र्यशनी गर्नेको संख्या बढिरहेको बेलामा क्याम्पस र विद्यालयमा प्रहरीसँग एकदिन अभियान संचालन गरिएको युवा शान्ति परिषद नेपालका संयोजक ढुंगानाले बताए । धनगढी उप–महानगरपालिका र जिल्ला प्रहरी कार्यालय कैलालीले लागुपदार्थ दुब्र्यशन न्यूनिकरणका लागि सहयोग गरिरहेको बताए । धनगढीमा युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि युएनडिपीको सहयोग तथा धनगढी उप–महानगरपालिका संग समन्वय गरेर काम गरिरहेको पनि संयोजक ढुंगानाले बताए ।

याे पनि पढ्नुस  लिटिल फ्लावर प्रिमियर लिगः पुरस्कार राशी दोब्बर वृद्धि, १६ विद्यालयको सहभागीता

पत्रकार टेकेन्द्र देउवाले धनगढी उप–महानगरपालिकाले आवर्ष २०७६–०७७ को नीति, कार्यक्रम तथा बजेटले युवाहरुका के–के कुरालाई प्राथमिकतामा राखेको छ भन्ने विषयवस्तुको प्रस्तुतीकरण गरेको पनि संयोजक ढुंगानाले बताए । यो अभियान उप–महानगरपालिकाका १९ वटै वडामा संचालन गरिने योजना रहेको पनि ढुंगानाले बताए ।

कमेन्ट गर्नुहोस्