सवारी दुर्घटनाः एकवर्षमा १४६को मृत्यु

चितवन, साउन २ । गत आवमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।

अघिल्लो आवमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अघिल्लो वर्षभन्दा गतवर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भएपनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गतवर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन् ।

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गतवर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप–कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

अघिल्लो आवमा ४५ हजार १५० सवारीसाधनलाई कारबाही गरी रु तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । कारबाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताए । हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए । रासस

याे पनि पढ्नुस  दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

कमेन्ट गर्नुहोस्