इंग्ल्याण्डको टेस्ट टोली घोषणा, कप्तान मोर्गनसहित १० खेलाडी टिमबाट बाहिर

काठमाडौं, साउन २ । एकविदसीय विश्वकप क्रिकेटमा ४४ वर्षमा पहिलो पटक उपाधि जिताउनमा महत्वपूर्ण भूमिका खेलेका इंग्ल्याण्डका ओपनर जेसन रोयले टेस्ट क्रिकेटका लागि टिममा मौका पाएका छन् । उनले २४ जूलाईमा आयरल्याण्डविरुद्ध हुने टेस्टका लागि टिममा मौका पाएका हुन् । उनीसँगै ओली स्टोन र लुई ग्रेगरीले पनि पहिलो पटक टेस्ट खेल्ने अवसर पाएका छन् ।

याे पनि पढ्नुस  भारतपछि पाकिस्तानसँगको सिरिजमा पनि अष्ट्रेलियाकाे कब्जा

तिव्र गतिका बलर मार्क उड र जोफ्रा आर्चरलाई भने टिममा समावेश गरिएको छैन । उनी दुवै मांसपेशीको समस्याका कारण टिममा स्थान बनाउन असफल भएका हुन् । यस्तै विकेटकीपर जोस बटलर र अलराउन्डर बेन स्टोक्सलाई पनि आयरल्याण्डसँगको सिरिजमा विश्राम दिइएको छ ।

याे पनि पढ्नुस  एउटै म्याचमा १७ विकेट लिएर यी खेलाडीले रचे इतिहास

आयरल्याण्डविरुद्ध खेल्ने इंग्ल्याण्डका टिमः जो रुट (कप्तान), मोइन अलि, जेम्स एन्डरसन, जोनी बेरिस्टो, स्टुअर्ट ब्रड, रोरी बन्र्स, स्याम करन, जो डेन्ली, लुईस ग्रेगरी, ज्याक लीच, जेसन रोय, अलि स्टोन र क्रिस ओक्स ।

कमेन्ट गर्नुहोस्