विज्ञापन खारेजीको माग गर्दै लोकसेवाको कार्यालयमा प्रदर्शन

काठमाडौं, साउन २ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाब दिँदै काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रर्दशन गरेका हुन् ।

याे पनि पढ्नुस  लोकसेवा आयोगको सम्पूर्ण पदपूर्ति ३ वर्ष रोकिने

प्रर्दशनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए । बिहान ९ बजे लोकसेवा आयोगको केन्द्रिय कार्यालयको मूलगेटमा पुगेका प्रर्दशनकारीले संविधान प्रतिकूल हुने गरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  लोक सेवा आयोगद्वारा ९ हजार कर्मचारी माग (विवरणसहित)

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोक सेवा आयोगले त्यसविपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन् । सो विज्ञापनको परीक्षा शुक्रबारबाट सुरु हुँदैछ ।

आन्दोलनरत पक्षले त्यसको मुखैमा लोकसेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गर्दै सो विज्ञापन खारेज गर्न माग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्