अपडेट: जापानमा भएको अग्नि आक्रमणमा परी मर्नेको संख्या दुई दर्जन पुग्यो

काठमाडौँ, साउन २ । जापानको क्योटो सहरमा भएको आगजनीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ भने ३५ जना गम्भीर घाइते भएका छन् ।

बिहिबार बिहान साढे १० बजे एक जना संदिग्धले क्योटो एनिमेसन कम्पनीको स्टुडियोभित्र आगो लगाइदिएका थिए । घटना हुँदा स्टुडियोमा करिब ७० जना कर्मचारी रहेको बताइएको छ ।

याे पनि पढ्नुस  मालपोत कार्यालयमा आगलागी, ९ लाख बढीको क्षति

अझै स्टुडियोमा रहेका लगभग १८ जना सम्पर्कविहीन छन् भने केही जना कममा नआएको हुनसक्ने प्रहरीले बताएको छ । स्टुडियोभित्र धेरै जना गम्भीर अवस्थामा घाइते भएको र आफैं बाहिर आउनसक्ने अवस्थामा नरहेको समेत बताइएको छ ।

संदिग्ध अभियुक्त पनि अस्पताल भर्ना

याे पनि पढ्नुस  भारतको गुजरातमा भीषण आगलागी, १५ जनाको ज्यान गयो (भिडियोसहित)

स्थानीय समाचार एजेन्सीहरूले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै एक जनाले स्टुडियो भित्र पैर पेट्रोल छर्केर आगो लगाइदिएका थिए । उनलाई गिरफ्तार गरिसकिएको र उनी आफू पनि नराम्ररी जलेकाले उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनले यो आक्रमण किन गरे भन्ने अझै खुल्न सकेको छैन ।

याे पनि पढ्नुस  चितवनमा चाउचाउ गोदाममा आगलागी

जापानमा अधिकांश मानिस काठका घरमा बस्ने गर्दछन् र त्यहाँ आगो लगाउने कामलाई गम्भीर श्रेणीका राखिएको छ । सन २००८ मा ओसाकामा भएको एउटा आगजनीमा १६ जना मारिएका थिए ।

उक्त समय त्यस घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

कमेन्ट गर्नुहोस्