टिकटक लगायत यी एपमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौँ, साउन ४ । चिनियाँ सामाजिक संजाल एप टिकटक र हलोलाई राष्ट्रविरोधी तत्त्वहरूलाई प्रश्रय दिएको आरोपमा प्रतिबन्ध लाग्नसक्ने भएको छ ।

यो समाचार भारतको हो । त्यहाँको सूचना तथा प्रविधि मन्त्रालयले विगतमा यी दुई एपविरुद्ध आएका गुनासाहरूमाथि पुनर्विचार गर्दै प्रतिबन्ध लगाइनसक्ने भएको हो ।

भारत सरकारको तर्फबाट मन्त्रालयले यी दुई एपलाई २१ वटा प्रश्नहरू समेटिएको स्पष्टीकरण सोधेको छ जसको चित्तबुझ्दो उत्तर नआएको खण्डमा यी दुई एपलाई भारतमा प्रतिबन्धको सामना गर्नु पर्नेछ ।

यस अघि आइतबार हिन्दूवादी संगठन राष्ट्रिय स्वयम् सेवक संघले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी दुई चिनियाँ सामाजिक संजाल प्लेटफर्मलाई प्रतिबन्धित गर्नुपर्ने माग गरेका थिए । उनीहरूले यी दुई एप ‘राष्ट्रविरोधी तत्त्वज’को अखाडा बनेको आरोप लगाएका थिए ।

किन उठाइयो यस्तो कदम ?

भारतको केन्द्रिय सूचना तथा प्रविधि मन्त्रालयले रास्ट्रिय स्वयम् सेवक संघसम्बध्द संगठन स्वदेशी जागरण मंचले प्रधानमन्त्री समक्ष गरेको गुनासो पछि उक्त कदम उठाएको हो ।

मन्त्रालयले यी दुवै एप ‘राष्ट्रविरोधी तत्त्वको अखाडा बनेको भन्ने आरोप बारे पनि उत्तर मागेको छ । उता टिकटकले आउँदा तीन वर्षमा आफूले स्थानीय समुदायप्रति जिम्मेवारी बोध गर्दै प्रविधि र संरचना निर्माणमा एक अर्ब डलरभन्दा बढी खर्च गर्ने बताएको छ ।

प्रधानमन्त्री मोदीलाई एउटा पत्र लेख्दै स्वदेशी जागरण मंचक सह संयोजक अश्विनी महाजनले यी दुई एपले भारतीय युवाहरूलाई ‘निहित स्वार्थ’ले प्रभावित पर्न खोजेको आरोप लगाएका छन् । उनलर विगत केही दिन यता यस संजालमा राष्ट्रविरोधी सामग्री साझा हुने गरेको आरोपो लगाएका छन् ।

निर्वाचन आयोगमा समेत गुनासो

उनले यसका अतिरिक्त भारतको निर्वाचन आयोगलाई समेत पत्र लेखेर हलो एपले ११ हजारबढी विरूप पारिएका राजनैतिक विज्ञापन बापत ७ करोड रुपैयाँ भुक्तानी लिएको आरोप लगाएका छन् ।

यस्ता विज्ञापनहरूमा केही भारतीय राजनेताहरूका बिगारिएका तस्बिर सामेल थिए । निर्वाचनताका यस्तै व्यहोराको एक पत्र भाजपाका केही उम्मेदवारहरूले पनि निर्वाचन आयोगलाई लेखेका थिए ।

सामाजिक उथलपुथ ल्याउने चेतावनी

महाजनले टिकटक र हलो लगायतका अन्य चिनियाँ एपको चीन सरकारसँग साँठगाँठ भएको र उनीहरूले भारतीय नागरिक जीवनमा उथलपुथल ल्याउने प्रयास गरिरहेको अओप लगाएका छन् ।

अदालतद्वारा प्रतिबन्ध

यसअघि अप्रिल महिनामा मद्रास उच्च न्यायालयले केन्द्र सरकारलाई टिकटक डाउनलोडमा रोक लगाउन आदेश दिएको थियो ।

अदालतले टिकटकका भिडियो फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक संजालमा साझा गर्न पनि प्रतिबन्धित गर्नुपर्ने आदेश दिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्