‘सकारात्मक सोचः रचनात्मक जीवन’ कार्यक्रमको तयारी पूरा

दोहा, साउन २ । मानव सेवा आश्रम केन्द्रिय कोषको सहयोगार्थ गोरखा सेवा समाज कतारले गर्न लागेको ‘सकारात्मक सोचः रचनात्मक जीवन’ कार्यक्रमको तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक एवं मानब सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी बुधबार राती कतार आइपुगेका छन् । भने, अर्का प्रशिक्षक डा. राजु अधिकारी बिहीबार आइपुग्ने कार्यक्रम छ ।

शुक्रबार हुने कार्यक्रमको लागि प्रशिक्षक नेपालबाट आइसकेको र अन्य तयारीसमेत पूरा भएको गोरखा सेवा समाजका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रामजी खत्रीले जानकारी दिए । कार्यक्रममा मानब सेवा आश्रम नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रामजी अधिकारी र डा. राजु अधिकारीले योग विज्ञान तथा मानव चेतनाको योग प्रशिक्षण दिने कार्यक्रम छ ।

देशका बिभिन्न ठाउँ टोल, स्कुल, कलेज, सरकारी कार्यालय, आर्मी क्याम्मका साथै विभिन्न सार्बजनिक ठाउँहरुमा प्रशिक्षण कार्यक्रम गर्दै समाजमा मानवता प्रवर्द्धनमा टेवा पुर्याउदै आएका अध्यक्ष अधिकारीको कार्यक्रम कतारमा यो दोस्रो पटक हुन लागेको हो ।

यस्तै एसियाकै उत्कृष्ट १० मा पर्न सफल उत्प्रेरक, योग तथा मानव चेतनामा स्वर्ण पदक बिजेता, वागमती सफाई महाअभियानका परिकल्पनाकार, बहुआयामिक ब्याक्तित्व डा. राजु अधिकारीको कार्यक्रम भने कतारमा पहिलो पटक हुन लागेको हो ।

गोरखा सेवा समाज कतारले गर्न लागेको कार्यक्रमलाई गण्डकी प्रदेश समन्वय परिषद कतार, पर्वत समाज कतार, स्याङ्गजा सहयोग समाज कतार, कास्की आदर्श सेवा समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार, बाग्लुङ सेवा समाज कतार, तनहुँ सेवा समाज कतार, लमजुङ सेवा समाज कतार, विवेकशील नेपाली कतार, तमु प्यु ल्हु संघ कतार, नेपाल मगर संघ शाखा कतार लगाएतका संघसंस्थाको बिशेष सहयोग रहेको छ ।

 

कमेन्ट गर्नुहोस्