मलेसियामा रहेका अवैधानिक आप्रवासीलाई स्वदेश फर्किने मौका

मलेसिया, साउन २ । मलेसियाको गृह मन्त्रालयले त्यहाँ रहेका अवैधानिक आप्रवासीलाई स्वदेश फर्काउने कार्यक्रम ल्याएको छ। बिहीवार मलेसियाको पुत्रजयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री वाइबी तान श्री मुहिदिन मोहम्मद यासिनले अवैधानिक रूपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई ब्याक फर होम गुड नामको कार्यक्रम ल्याएको जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै गृहमन्त्री यासिनले आफ्नो देशमा रहेका अवैधानिक कामदारलाई सकुशल घर फर्काउन आउँदो अगस्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म मलेसियन अध्यागमनलाई सात सय रिंगेट बुझाएर जान सक्ने बताएका छन्।

यसरी स्वदेश फर्किन चाहाने आप्रवासीले मलेसियामा रहेको आफ्नो देशको दूतावास मार्फत यात्रा अनुमति पत्र लिएर त्यहाँ स्थित अध्यागमनमा गएर तोकिएको रकम तिरेर स्वदेश फर्किन् सक्नेछन् ।

हरेक बर्ष मलेसियाको गृहमन्त्रालयले अवैधानिक आप्रवासी कामदारलाई लक्षित गरि घर फिर्ती कार्यक्रम ल्याए पनि मलेसियामा अझैं लाखौं कामदार अवैधानिक रूपमा कार्यरत रहेको अनुमान छ।

कमेन्ट गर्नुहोस्