Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अचम्मको संयोगः सुपर ओभरमा निशमको छक्कासँगै कोचको निधन

वेलिङ्गटन, साउन २ । न्यूजिल्याण्डका अलराउण्डर जिमी निशमका बाल्यकालका कोच डेभिड जेम्स गार्डनको मृत्यु भएको छ । इंग्ल्याण्डविरुद्धको फाइन सुपर ओभरमा जोफ्रा आर्चरको बलमा निशमले छक्का लगाएका थिए ।

उनकी छोरी लियोनीका अनुसार, न्यूजिल्याण्डको समय अनुसार सोमबार बिहान निशमले सुपर ओभरमा छक्का लगाएका थिए । यता बल बाउण्ड्री पारी गयो भने उता कोच गार्डनले पनि अन्तिम सास लिए । इंग्ल्याण्डविरुद्ध भएको फाइनल खेल निर्धारित ओभरमा बराबरी भएपछि सुपर ओभर भएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले ब्याटिङ गर्दै शुरुमा १५ रन जोडेको थियो । अर्को पारीमा न्यूजिल्याण्डले पनि १५ रन नै बनायो । स्कोर बराबर भएपनि बढी बाउण्ड्री हानेको नियम अनुसार, इंग्ल्याण्डलाई विजेता घोषित गरिएको थियो ।

न्यूजिल्याण्डको वेभसाईट स्टफ डटकम एनजेडसँग कुरा गर्दै छोरी लियोनीले निशमका कोच अर्थात् आफ्ना बुवाको निधन भएको खुलासा गरेकी हुन् । ‘आखिरी ओभरमा बुबाले सास फेर्न अप्ठ्यारो भयो भन्दै नर्सलाई बोलाएका थिए । त्यही बेला निशमले छक्का लगाए । बुवाले पनि अन्तिम सास फेरे ।’

आफ्ना कोच गार्डनको मृत्युमा निशमले ट्वीट गरेर श्रद्धान्जली दिएका छन् । ‘डेभ गार्डन, मेरो हाइस्कूलका शिक्षक, कोच र साथी । यो खेलसँग तपाईलाई निकै प्रेम थियो । तपाईको मातहतमा खेल्ने भाग्यमानी म पनि हुँ ।’ निशमले यो विश्वकपमा १५ विकेट लिए भने २३२ रन बनाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: