Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्मिता दाहालको ‘जालमैं पार्छु’ भोलि रिलिज हुँदै

काठमाडौं, साउन २ । नवोदित गायिका स्मिता दाहालको नयाँ गीत भोलि (शुक्रबार) रिलिज हुँदैछ । राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी स्मिताले गाएको ‘जालमैं पार्छु’ गीत भोलि औपचारिकरुपमा रिलिज हुने भएको हो । केही समयअघि मात्रै स्मिताले प्रियंका कार्कीको अभिनय रहेको भिडियो गीत सार्वजनिक गरेकी थिइन् । याे गीत ग्रिस्मा बोर्डक्रास्टिङको ब्यानरमा बनेको हाे ।

प्रवीन शाहले निर्माण गरेको भिडियोमा स्मितासँगै आशिष अविरलको स्वर रहेको छ । गीतको बोल भने एक नारायण भण्डारीले लेखेका हुन् । केही दिन अघिमात्रै स्मिता र प्रकाश सपूतको नयाँ गीतको समेत चर्चा चुलिएको थियो । उक्त गीत भने रिलिज भएको छैन । भिडियोमा आँचल शर्मा र भिजु पार्कीको अभिनय देखिने छ । भिडियो गीतको रिलिज भोलि शुक्रबार ११ बजे ठमेलको छाया सेन्टरमा हुन गइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: