‘विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण’ सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं, साउन २ । दारी ग्याङ धनगढीद्वारा आयोजना गरिएको ‘विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण’ सम्बन्धी २ दिने प्रशिक्षण तालिम आज धनगढीमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला रेडक्रस कैलालीको सहकार्यमा भएको हो । कार्यक्रमलाई जिल्ला रेडक्रस सोसाइटी कैलालीका सूचना विभाकका प्रमुख चेतन खड्काले सहभागिलाई प्रमाण हस्तान्तरण गर्दै सम्पन्न गरे ।

याे पनि पढ्नुस  दारी ग्याङ र पौरख संसार प्रा.लिको आयोजनामा वित्तीय साक्षरता तथा आधारभूत सेयर तालिम

बाढी, पहिरो, डुवान लगायत प्राकृतिक प्रकोपमा उद्धार तथा सहयोगका लागि तालिम लिइएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले जानकारी दिए । तालिम प्रदान गर्न सहयोग गरेको भन्दै निम्बुस एजुकेशनका प्रमुख चेतन पन्त, जिल्ला रेडक्रस सोसाइटी विपद् व्यवस्थापन शाखा र सूचना विभागका अधिकृत चेतन खड्कालाई दारी ग्याङले धन्यवाद दिएको छ ।

याे पनि पढ्नुस  बास कैलाली र दारी ग्याङद्वारा भ्रष्टाचार विरुद्धको दिवसमा वक्तृत्वकला प्रतियोगिता

कमेन्ट गर्नुहोस्